२०८३ भाद्र ५ गते शुक्रवार | 2026 August 21st Friday

बागलुङ समाज कतारले शारीरिक अशक्त दाजु बहिनिलाई गर्‍यो सहयोग

बागलुङ सेवा समाज दोहा कतारले जन्मजात शारीरीक अशक्त दाजु बहिनिको लागी नगद सहित खाध्यान्न र लत्ता कपडा सहयोग गरेको छ ।
बागलुङ नगरपालिका वडा न ७ वाटुले निवासी चन्द्र प्रसाद जैसिका शारीरिक अशक्त २९ वर्षिय छोरा खेमलाल जैसी र २७ वर्षिय छोरी देवी जैसिको लागी बागलुङ सेवा समाज कतारले नगद ७२ हजार ६ सय सहित खाध्यान्न र लत्ता कपडा गरी करीव १ लाख भन्दा बढिको सहयोग गरेको हो ।

सहयोग हस्तान्तरणको लागी बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्का , बा न पा ७ का वडा अध्यक्ष मेघनाथ गैरे समाजका अध्यक्ष सन्तोष पौडेल, नि वर्तमान उपाध्यक्ष नगेन्द्र ब पौडेल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

आमा तुलसी जैसिले छोरी शारीरिकरुपमा बढी नाजुक रहेकाले दीर्घकालीन रुपमा सहयोगको लागी उप प्रमुख समक्ष अनुरोध गरेकी थिईन ।
समाजका अध्यक्ष संतोष पौडेलले छोरीको लागी मानव सेवा आश्रम वा मानव उद्दार संघ संस्थामा व्यवस्था गरीदीनुको लागी नगरपालिकालाई अनुरोध गर्नुको साथै समाजले आवस्यक सहयोग गर्ने प्रतिबद्दता गरेका थिए ।साथै उप प्रमुख खड्काले सहयोग संकलन गर्ने बागलुङ समाज परीवारलाई धन्यवाद दीदै छोरीको दीर्घकालीन रुपमा व्यवस्था गर्नको लागी सहयोग गर्ने बचन बद्दाता गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस