२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

म्हँ पूजा तथा नेपाल संम्वत ११४३ मनाउदै

दिनेश मानन्धर, दोहा । नेवा पुच: कतारको आयोजनामा नेवारहरूले मनाउदै आएको म्हँ पूजा तथा न्ह्यू दया भिन्तुना नेपाल संम्वत ११४३ कतारमा मनाइने भएको छ । नेवार समुदायले आगामी २६ अक्टोबर २०२२ बुधबार फुलबारी रेष्टुरेण्ट, सनैया, दोहा कतार (कान्तिपुर मेडिकल हल संगै) मनाउन लागेको हो ।
म्हँ पूजा नेवारहरूले आफ्नो शरीरको पूजा गर्छन् , शरीरले अस्तित्वको प्रतीक प्रदान गर्दछ र आफ्नो स्वास्थ्यको लागि प्रार्थना गर्दछ। साथै, यो पनि भनिन्छ कि म्ह पूजा शरीर शुद्ध गर्ने र दुष्टता र अज्ञानतालाई शरीरबाट बाहिर निकाल्ने तरिका हो।
नेवार जातिको यो पर्व हरेक वर्ष तिहारको चौथो दिनमा गोवर्धन पुुजाको दिन बिषेश नेवारी परिकारहरु (नेवा भ्वे) तयारगर्दै नेवारी समुदायमा म्हँ पुजा गरिने चलन रहेको छ ।

नेपाल संम्वत यसै दिन काठमाडौं उपत्यकाका लिच्छवी कालिन राजा राघवदेवको शासनकालमा नेपाली जनतालाई ऋणबाट मुक्त गराउन सफल भएको शंखधर साख्वाले नेपाल संम्वत वा पात्रो बर्ष को सुरुवात गरेको पाइन्छ । नेवार जातीले यस दिनलाई नेपाल संम्वत अर्थात न्ह्यू दया भिन्तुना मनाउने गरिन्छ।

म्हँ पूजा र “न्ह्युदँया भिन्तुना” नेपाल संम्बत ११४३ कार्यक्रम का संयोजक राकेस श्रेष्ठ रहेको उक्त कार्यक्रम को अन्तिम तयारी पुरा भएको नेवा पुचका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएकाछन् ।

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस