२०८२ असोज ३० गते बिहिवार | 2025 October 16th Thursday

महोत्तरी समाज सेवा कतार संस्थाको नयाँ नेतृत्वमा पुन: साह

रामएकवाल राम
दोहा- महोत्तरी समाज सेवा कतार संस्थाको नयाँ नेतृत्वमा पुनः रामहृदय साहलाई चयन गरेको छ।
महोत्तरी बासिहरुको प्रवासमा एकता आपसी सहयोग भाईचारा र समाजिक कार्यमा हाम्रो अग्रता भन्ने मुल नाराका साथ २०७८ सालमा स्थापना भएको संस्थाको प्रथम महाअधिवेशन सम्पन्न भएको छ।
शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सप्पन्न संस्थाका महासचिव विरेन्द्र पासवानको सभापतित्वमा तथा नेपाली राजदूतावासको द्वितीय सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यमा,गैर अवासिय नेपाली संघ कतारका द्वितीय उपाध्यक्ष प्रेम चलाउनेको विशिस्ट अतिथिमा एव विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकार कलाकारहरुको उपस्थितिमा सप्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले संस्थाको सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई दिदै दिपावली, भाईटिका, तथा छठ प्रवको सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, कालाकार, पत्रकारहरुलाई खादा तथा प्रसंशा पत्रले सम्मान गरेको थियो।विभिन्न जिल्ला, प्रदेश, जातीय संस्थाका प्रतिनिधि तथा बुद्धिजीवीहरुले शुभकामना मन्तव्य राखेका थिए।
नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा शहिदहरुप्रती श्रद्धाञ्जली स्वरुप दिप प्रजलन गरि एक मिनेट मौन धारण गरि कार्यक्रमलाई अगाडि बढाएको थियो।संस्थाका वरिष्ठ उपाध्यक्ष रामविनय साहले मन्तव्य राखेको थियो।
कार्यक्रमलाई समापन गर्दै सभापति पासवानले संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण कालाकार सहयोगी तथा संस्थाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै दिपावली भाईटीका तथा छठ पर्वको व्यक्त गर्दै समापन गरेका थिए।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस