२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

रोल्पा जलजला सेवा समाज कतारद्वारा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न

दोहा, रोल्पा जलजला सेवा समाज कतारको आयोजनामा नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् छठ २०७९ को पावन अवसरमा ( आन्तरिक ) देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको छ ।

हाम्रो रोल्पा राम्रो रोल्पा ‘रोल्पालिहरुको एकता आजको आवश्यकता ‘ भन्ने मुल नाराका साथ रोल्पा जलजला सेवा समाज कतारको आयोजनामा प्लाजा एसियन टाउन स्थित ह्वाइट हाउस रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष देबराज पुनको सभापतित्व तथा संस्थाका अग्रज संस्थापक, पुर्व अध्यक्ष चेतमान रोका मगरको प्रमुख अतिथ्यता रहेको थियो।त्यसैगरि विशेष अतिथिहरुमा संरक्षक बशन्त थापा, सल्लाहकार संयोजक गोपाल केसी , सल्लाहकार तथा समाजका प्रवक्ता छबि गुरुङ ( साजन),पुर्व उपाध्यक्ष शेर बहादुर बुढा मगर,  अन्तरास्ट्रिय रोल्पाली सेवा समाज कतारका अध्यक्ष दिपेन्द्र डाँगी, समाज सेबि तथा व्यवसायी गोपाल डाँगी रहेका थिए।त्यसैगरी अतिथिहरुमा समाजका सल्लाहकार कृष्ण घर्ती , सल्लाहकार दिल बहादुर रोका मगर , समाजसेवी गुञ्ज बहादुर के सी, समाजसेवी रामदास भुर्तेल, राजु पान्डे , भिम कर्ण गुरुङ कलाकार, पत्रकार लगायत रोल्पाली तथा गैर रोल्पाली दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाली राष्ट्रिय गान दीप प्रज्वलन तथा ब्यानर  अनावरणबाट औपचारिक शुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णमा समाजका उपाध्यक्ष बलाराम जैसीले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए।स्वागत मन्तब्य पछि समाजका केन्द्रिय सदस्य गंगा बुढा मगर ,महिला सदस्य तथा कलाकार कमला गुरुङ लगायतले देउसी भैलो गीतमा नृत्य प्रस्तुत गरि सबैलाई सबैलाई मनोरञ्जन दिएका थिए।
त्यसैगरी कार्यक्रममा कलाकारहरु लक्ष्मी गिरी , सुमन राई , अर्जुन जि सि , शुरेश बि सि , शान्ती वलि , राजु सुनार , प्रभा तिमिल्सिना हरुको विभिन्न दमदार प्रस्तुति रहेका थिए। प्युठान सेवा समाज का महासचिव भिम सुनार को संयोजकत्वमा सोरठी नाच ,बासुरिको तालमा भैलो,कर्णाली प्रदेश समन्वय परिषद कतार का बरिस्ठ उपाध्यक्ष मोतिलाल बुढा मगर को संयोजकत्वमा पैसेरु नाचले उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन दिलाएको थियो। देउसी भैलो कार्यक्रम सफल बनाउनमा समाजकी महिला सदस्य तथा कलाकार कमला गुरुङ ,देउसी भैलो भट्याउदै बिच बिचमा झ्याउरे गीतका साथमा सामुहिक नृत्य,दुर्गा पुन र रमेश पुनको झ्याउरे मादलले कार्यक्रमको थप रोचकता प्रदान गरेको थियो।
कार्यक्रममा सल्लाहकार तथा संयोजक गोपाल के सी , समाजका प्रबक्ता तथा सल्लाहकार छवि गुरुङ , अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष श्री दिपेन्द्र डांगी लगायत धेरैले शुभकामना मन्तव्य राखेका थिए भने समाजका संरक्षक बसन्त बहादुर थापाले शुभकामना मन्तब्यको साथै कार्यक्रम आउनुभएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी हरु  लाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन समाजका संस्थापक तथा सल्लाहकार चेतमान रोका मगर,समाजसेवी अनिल के सी,
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार,समाजसेवी लोकेश जि सी,समाजसेवी भिम कर्ण गुरुङ गुञ्ज बहादुर के सी लगायतले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथि चेतमान रोका मगरले आफ्नो मन्तब्य दिदै कार्यक्रम सफल भएकोेमा उपस्थिति सबैलाइ धन्यवाद  ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजका महासचिव शिबलाल केसी गरेका थिए।
कार्यक्रमलाई समाजका अध्यक्ष  कार्यक्रम सभापति देबराज पुनले कार्यक्रममा निमन्त्रणालाई सहस्र सवीकारी ब्यस्त समयका बाबजुद पनि उपस्थिति जनाई सफल पारिदिनुभयकोमा सम्पुर्ण रोल्पाली तथा गैर रोल्पाली दाजुभाई दिदिबहिनीहरुमा आभार प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस