२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

फिफा विश्वकप २०२२ का १४४ नक्कली ट्रफी बरामद

दोहा : फूटबलको महाकुम्भ फिफा विश्वकप २०२२ को ट्रफी जस्तै १४४ नक्कली ट्रफी बरामद भएको छ ।
कतारको अपराध अनुसन्धान महानिर्देशनालयको आर्थिक तथा साइबर अपराध नियन्त्रण विभागले बौद्धिक सम्पत्ति संरक्षण समितिको सहकार्यमा १४४ नक्कली ट्रफी बरामद गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नक्कली फिफा विश्वकप ट्रफी बेच्ने वेबसाइटको बारेमा जानकारी प्राप्त गरेको त्यसपछि तिव्र खोजी अनुसन्धान पछि अभियुक्तहरु सम्म पुगेको जनाएको छ।
नक्कली फिफा ट्रफी बेच्ने वेबसाइटलाई कानुनी कारबाही अघि बढाईएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस