२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

जनसम्पर्क समिति कतारको सनैया इकाईको अधिवेशन सम्पन्न

दोहा-नेपाली जनसम्पर्क समिति कतार, सनैया ईकाई कमिटीको तेश्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । ईकाई कमिटीका सभापति बोम बहादुर बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अली रहेका थिए ।

विशिष्ठ अतिथिहरूमा संस्थापक महामन्त्री एवं महासमिति सदस्य बिमल सूबेदी संस्थापक सल्लाहकार एवं महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह पूर्ब महामन्त्री एवं सल्लाहकार धीरज चामलिंग राई पूर्व कोषाध्यक्ष एवं सल्लाहकार मोहम्मद शाकिर अली नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरू र अतिथिहरूमा सदस्यहरू इकाईका सभापतिहरू कार्यसमिति पूर्व सदस्यहरू क्रियाशील सदस्यहरू रहेका थिए ।

अधिवेशनबाट सर्वसहमत १३ सदस्यीय नया कार्यसमिति चयन भएको छ सभापति तोरण क्षेत्री, उपसभापती राम दास भूर्तेल, सचिव चिन्तामणि भूसाल, सह सचिव राज कुमार बिक, कोषाध्यक्ष दीपक परियार, सहकोषाध्यक्ष अर्शद अलि मुकेर र सदस्यहरुमा भीमसेन केसी, नरेश मल्ल, ईश्वर राना मगर, दिवस मगर, राजेन्द्र मण्डल, सुनील परियार र मोहम्मद अफताव रहेका छन ।

अधिवेशनको खूल्ला सत्र ब्यानर अनावरण र दीप प्रज्वलन र राष्ट्रीय गान र मौन धारणबाट उद्घाटन गरीएको थियो । कार्यक्रममा सहभागीलाई प्रशिक्षण बिमल सूबेदी, क्रान्ति सिंह, धीरज राई र केदार भुसालले दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अलिले जनसम्पर्क समिति कतारलाई इकाईहरुले मजबूत बनाएको भन्दै धन्यवाद दिएका थिए भने दोहामा स्थापित संघ संस्थामा समितिमा आबद्धहरुको उपस्थिति र सक्रियता प्रशंसनीय रहेको बताएका थिए।
पार्टी र संगठनको नीति र धारणा विपरीत कसैलाई पनि क्रियाकलाप गर्ने छूट नरहेको भन्दै सबै सजक हुनु पर्ने धारणा राखेका थिए ।

आसन्न मंसिर ४ मा हुन गैरहेको संघ र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस सहितको लोकतान्त्रिक बाम गठबंधनलाई विजयी बनाउन प्रवासबाट भौतिक रुपमा नेपाल गएर अथवा प्रविधिहरुको माध्यमबाट प्रचार प्रसारमा सबैलाई लाग्न र पार्टीले गरेको गठबंधनका सम्बन्धमा दुविधामा नपर्न कार्यक्रममा प्रशिक्षक बिमल सुवेदी, क्रांति सिंह, धीरज चामलिंग राई र केदार भूसालले उपस्थितहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रम संचालन तिलक घिमिरे र स्वागत मन्तव्य तोरण क्षेत्रीले गरेका थिए । उक्त कार्यक्रम सफल बनाउन इकाईका सभापति बोम बस्नेत अधिवेशन संयोजक तिलक राम घिमिरेले महत्वपूर्ण भूमिका खेलेको भनी प्रमुख अतिथि तथा जनसम्पर्क समितिका सभापतिले संस्थाको तर्फबाट कदर पत्र प्रदान गरेका थिए । ईकाई समितिले निवर्तमान कार्यसमितिका प्रमुख सल्लाहकार सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरुलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस