२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

परियार मित्रता समाज कतारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दोहा- परियार मित्रता समाज कतारले नेपालीहरु को महान चाड पर्वहरू दशैं, दिपावली,नेपाल संवत छठ पर्व तथा हरिबोधनी एकादशी को अवसर पारेर दशै, देउसीभैलो खेल्दै शुभकामना आदानप्रदान कार्यक्रम को आयोजना गरेको छ ।

सालिक राम परियार को सभापतित्वमा ठाकुर कुमार परियार प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बिबिध साँस्कृतिक तथा नौमती बाजाको बिशेष आकर्षण रहेको थियो ।नेपाल को पात्रो अनुसार संम्पुर्ण चाडपर्व हरु सकिएता पनि परदेश मा भने आज
सम्म पनि देउसी भैलो कार्यक्रम खेल्दै विबिध साँस्कृतिक कार्यक्रम को प्रस्तुती गर्दै नेपाली चाडपर्व मनाएको छ ।

प्रवासमा कामको व्यस्तताले गर्दा चाडपर्व मा घर जान नपाउने कामदारहरुको लागि समाज ले घर आगनमा चाडपर्व को बितृष्णा मेटाउन र नेपाली संस्कृति को पहिचान अनि जगेर्ना गर्न पनि यस कार्यक्रम को आयोजना गरेको हो ।

कतारको सनैयास्थित फुलवारी रेष्टुरेन्टको सभाहलमा गरिएको उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्था का पदाधिकारी तथा स्थानीय नेपाली कलाकार हरुले नौमती बाजा मा देउसी भैलो खेल्दै र बिभिन्न भेषभुषा मा सजिएर कलाकार हरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस