२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

अमिर शेख तमिम बिन हमाद अल थानी द्वारा फिफा विश्वकप कतार २०२२ को मुख्य कार्यालयको भ्रमण

दोहा – अमिर शेख तमिम बिन हमाद अल थानीले फिफा विश्वकप कतार २०२२ को मुख्य कार्यालयको भ्रमण गरेका छन् ।

अमीरलाई फिफाको मुख्य अपरेसन सेन्टर, आयोजक देशको मुख्य अपरेसन कमाण्ड सेन्टर र समन्वय, फलोअपमा उच्चतम अन्तर्राष्ट्रिय मापदण्डको उपलब्धि सुनिश्चित गर्न विश्व खेलकुद प्रतियोगिताको तयारी र उपायहरूको बारेमा जानकारी गराइएको थियो।

भ्रमणका क्रममा अमिरका साथमा अमिरका निजी प्रतिनिधि शेख जसिम बिन हमाद अल थानी, प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानी, फिफा अध्यक्ष जियानी इन्फान्टिनो अन्य सहभागी थिए।

 

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस