२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

विश्वकपको उदघाटन खेलमा आयोजक कतार पराजित

 

दोहा – आयोजक कतार फिफा विश्वकप २०२२को उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ ।
आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इक्वेडरले सुरुआती अग्रता बनाएको थियो ।
कतारका गोलकिपर साद अल्सिबले फाउल गरेपछि पाएको पेनाल्टिमा इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गरेका थिए ।

भ्यालेन्सियाले ३१औं मिनेटमा दोस्रो गोल गर्दै इक्वेडरको अग्रता २–० बनाएका थिए ।

पहिलो हाफमा लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै इक्वेडरले विश्वकपको उद्घाटन खेलमा उत्कृष्ट जित निकालेको हो ।

जितसँगै समूह एमा तीन अंक जोड्दै इक्वेडर शर्षस्थानमा रहेको छ ।कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो टिम बनेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस