२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

फिफा विश्वकप २०२२: सोमबार तीन खेलहरु हुँदै

दोहा- कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ अन्तर्गत सोमबार तीन खेलहरु हुँदैछन् ।

समूह ‘ए’ को एक अन्तर्गत
सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै समूह ‘बी’ को अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटन खेलमा आयोजक कतारलाई २-० ले हराएर इक्वेडरले विजयी सुरु गरिसकेको छ ।
सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस