२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

विश्वकप २०२२ : तेस्रो खेलमा सेनेगल सङ्ग नेदरल्याण्ड दुई गोलले बिजयी

दोहा:कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको दोस्रो खेलमा नेदरल्याण्ड्सले विजयी शुरुवात गरेको छ ।
अल तुमामा स्टेडियममा आज भएको समूह ‘बी’ को पहिलो खेलमा नेदरल्याण्ड्सले सेनेगललाई २–० गोल अन्तरले हराएको हो ।
नेदरल्याण्ड्सको जितमा युवा कोडी गाक्पो र डाभी क्लास्सेनले एक एक गोल गरे ।

जितसँगै पहिलो खेलमा ३ अंक बटुलेको नेदरल्याण्ड्स समूहको दोश्रो स्थानमा छ भने हारको सामना गरेको सेनेगल तेश्रो स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेल्मा मा इंग्ल्यान्ड विजयी भएको थियोे ।
इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले विजयी भएको हो ।

समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा आजै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा भैरहेको छ  ।
विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस