२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

विश्वकपमा मोरक्को र क्रोएसिया बराबरीमा

दोहा-कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकपमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।दुबै टोलीले गोल गर्न सकेनन् ।

यस बराबरीसँगै क्रोएसियाले पहिलो खेलमा १ अंक जोडेको छ ।समूह ‘एफ’ मा रहेको क्रोएसिया शीर्ष स्थानमा रहेको छ ।मोरक्को १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ ।आजै समूह ईमा रहेका जर्मनी र जापान पनि भिडदैछन ।
तेस्तै समूह ई मा रहेका स्पेन र कोस्टारिबीच पनि आजै खेल हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस