२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

कविता-कम्रेड र सेतो गुराँस

-रेगिस्तानी कवि तीर्थ संगम राई

कम्रेड !
गुराँसको बिरुवा रोपेर
रातो क्रान्ति गर्न हिड्नु भो।

कम्रेडलाई थाहा छैन
गुराँसका प्रजातिहरु
बस् यत्ति थाहा छ
गुराँस भनेको रातो
रातो भनेको क्रान्ति
र, क्रान्ति भनेको जीत ।

कम्रेडले जंगलभरिका
सबै गुराँसका बोटहरु ढाल्नु भो
र,
छाडी दिनु भो रातो गुराँसको बोट
जब जीतको मुस्कान बोकेर
कम्रेड आफ्नो घर फर्किनु भो
आफैले रोपेको गुराँसको फेदमा
छोरी सेतो गुराँस बोकेर
कम्रेडलाई-
स्वागत गर्न उभिरहेकी थिई ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस