२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

विस्वकप:स्विट्जरल्यान्डको विजयी सुरुवात

दोहा- कतारमा जारी फूटबलको महकुम्भ फिफा विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ ।

बिहीबार क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे।

यस जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ ।क्यामरुनले हारबाट विश्वकपको सुरुआत गरेको छ ।
यस्तै दोस्रो खेलमा आजै उरुग्वे र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुदैछ ।
आजै हुने तेस्रो खेलमा पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

आजै हुने चौंथो खेलमा ब्राजिल र सर्बिया भिड्दैछन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस