२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतार विश्वकप:पोर्चुगलको विजयी सुरुवात

दोहा:कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकपमा पोर्चुगलले विजयी सुरुवात गरेको छ।

९७४ स्टेडियममा भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

रोनाल्डोले खेलको ६५औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए ।

७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३-२ ले विजयी भयो ।यस जितसँगै समूह ‘एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ ।
पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।

पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

यसअघि आजै भएको खेलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ । क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको हो ।

तेस्तै आजै भएको अर्को खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन।

आजको अन्तिम खेलमा ब्राजिल र सर्बिया भिड्दैछन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस