२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

जर्मनी र कोस्टारिका बीचको खेलमा महिला रेफ्रीले खेल सन्चालन गर्ने

दोहा: फुटबलको महाकुम्भ फिफा विश्वकपको इतिहास मै पहिलो पटक आज अल बियात स्टुडियममा  हुने खेलमा महिला रेफ्रीले खेल सन्चालन गर्ने भएका छन।
बिहीबार हुने जर्मनी र कोस्टारिका बीचको खेलमा इतिहास मै पहिलो पटक तीन महिला रेफ्रीले खेल सन्चालन गर्ने भएका हुन।

जर्मनी र कोस्टारिका बीचको खेलमा स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् भने सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन्।

विगतका विश्वकपमा पुरुषहरू मात्र फिफा रेफ्रीको भूमिकामा हुन्थे ।तर यस पटकको विश्वकपमा भने महिला रेफ्रीले पनि खेल सञ्चालन गर्ने भएका हुन।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस