२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई

दोहा-अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।

त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।
खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

फेरि खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए ।                             
तर, दोस्रो हाफमा  ८० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ८१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याए । उनले मार्कुस थुरामको पासमा उत्कृष्ट गोल गरे ।

अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।
खेलको १०९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुन: ३-२ को अग्रता दिलाए ।

तर, खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो।                                             

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस