२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण

दोहा-नेपाली जनप्रगतिशिल मञ्च कतार र रेड कृसियन्टको सहकार्यमा खजुर वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कतारमा रहेर नेपाली समाजका लागि केही गरौ भन्ने भावना सहित स्थापित संस्थाले सम्पूर्ण नेपालीहरु प्रति आत्मीयता प्रदान गर्दै आएको छ।

यसै क्रममा गत शुक्रबार नेपाली संघ संस्था दाजुभाई दिदिबहिनीहरु एक अर्का प्रती आत्मियता भाईचारा सम्बन्ध प्रगाढ बनाउने उदेश्य बोकेर खजुर बितरण गरिएको संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले जनाएका छन।

कतारमा स्थापित  विभिन्न बैचारिक,  प्रदेश समन्वय परिषदहरु,  जिल्ला संघ-संस्थाहरु, जातीय संघ-संस्थाहरु, महिला समाजका अभियन्ताहरु  लगायत अन्य सामाजिक संघ-संस्थाका पदाधिकारी लगायत व्यक्तिहरुलाई खजुर वितरण गरिएको हो ।

उक्त खजुर वितरण कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, संगठनका प्रमुख सल्लाहकार व्यवसायी रमेश भट्ट, पश्चिम एसिया सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, राष्ट्रिय समितिका सल्लाहकारहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको अध्यक्ष भण्डारीले जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस