२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै

दोहा-नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुने माध्या सकराटि कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आउने कलाकारहरू भिसाका कारण अन्तिम समयमा नआउने भएका छन ।

नेपाल मगर संघ शाखा कतारको आयोजनामा हुने माध्या सकराटि साथै वनभोज तथा विविध सांस्कृतिक कार्यक्रममा नेपालबाट आउने भनिएका कलाकारहरू गायक सुरेश लामा, कमेडिएन खड्ग बहादुर पुन,डान्सर अस्मिता मगर र लोकदोहोरी गायिका कल्पना मगर भिसाका कारण अन्तिम समयमा कतार नआउने भएका हुन् ।

कतार सरकारले हाया बन्द नहुन्जेल भिजिट भिसा जारी नगर्ने नीति लिएका कारण कलाकार ल्याउन असमर्थ भएको  नेपाल मगर संघ शाखा कतारका अध्यक्ष विवेक पुलामी मगरले जानकारी दिएका छन।

अन्तिम समयमा कलाकार आउन नसकेपछि कतारमा रहेका दर्शक, श्रोता तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति उनले माफीसमेत मागेका छन् ।

कार्यक्रम सहानिया अलदोसरी  गाडेनमा हुने भएकाले कतारमा रहेका सबै मगर दाजुभाइ तथा दिदीबहिनीहरलाई उपस्थित भई दिन पनि उनलेे अनुरोध गरेका छन।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस