२०८३ साउन २४ गते आइतवार | 2026 August 9th Sunday

आज रोनाल्डो र मेस्सीको टिम भिडदै

दोहा-साउदीको रियादमा आज पिएसजी र रियाद ११बीच  मैत्रीपूर्ण खेल हुँदैछ।

जस्मा स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी आज हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् ।

पिएसजी र रियाद ११को खेल  रियादस्थित किंग फाहद रंगशालामा हुनेछ ।

आजको खेलमा पिएसजीका तर्फबाट मेस्सी, नेइमार र एमबाप्पे सहित थुप्रै ठूला नाममका खेलाडी खेल्नेछन्।

रियादका तर्फबाट अल नासरका नयाँ खेलाडी क्रिस्टियानो रोनाल्डो पनि खेल्दैछन्।आज उनैले टिमको कप्तानी गर्नेछन।

रोनाल्डो अल नासरमा अनुबन्ध भएपछि पहिलो खेल नै नखेली उनले आज मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस