२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

रमाइलो दोहाको साँझ राजु लामा साथ

दोहा । नेपाल तामाङ घेदुङ कतार शाखाको आयोजनामा
कार्यक्रमका मुख्य आकर्षक चर्चित मंगोलियन हर्ट ब्याण्डका गायक तथा द भ्वाइस अफ नेपालका जज राजु लामाको साथ सांस्कृतिक झाँकी, तामाङ सेलो, ताम्बा नाच ,लामा नाच,म्हेन्दोमाया लगायत विभिन्न नेपाली तथा तामाङ सांस्कृतिक प्रस्तुतिमा सोनाम ल्होछार पर्व
दोहामा मनाइएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्षको अवसरमा दोहामा गत शुक्रबारको दिन ओशिस विच क्लवको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा आफ्नो मौलिक तामाङ भेष भुषामा सजिएका हजारौं युवा युवतिहरुले काठमान्डौको टुडिखेलमा मनाइएको (सोनाम ल्होछार) कार्यक्रमको झल्को दिइरहेका थिए ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाल तथा बिश्वभर रहेका तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउने गर्दछ्न । । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ  ।

घेदुङ कतार शाखाका अध्यक्ष इन्द्र तामाङको सभापतित्व,
कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालको , प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि ढकालले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायका नेपालीबीच सद्भाव, भाईचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व फलदायी हुने विश्वास व्यक्त गरे ।

विभिन्न भाषा, धर्म, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेकोमा त्यसको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य रहेको बताए । साथै तामाङ समुदायका संस्था दुइटा रहेको आफुले सुनेको बताउदै, आउँदो बर्ष सम्म दुइटै संस्थालाइ एउटै बनाएको खुशीको समचार सुन्न पाइयोस भन्दै आफ्ना भनाइ राखे ।

शुभकामना मन्तव्य राख्ने हरुमा समाज सेवी कमल मणि गुराँगाइ,सिन्धुलि सेवा समाज कतार बाट नरेश सिन्जाली मगर, एनआरएन आइसिसि उपाध्यक्ष आरके शर्मा, दूतावास कतारका द्वित्तीय सचिव प्रवीण भट्टराई लगायतले सोनाम ल्होछारको शुभकामना सहित आफ्नो भनाइहरु राखेका थिए ।

कार्यक्रमका मुख्य आकर्षक चर्चित मंगोलियन हर्ट ब्याण्डका गायक तथा द भ्वाइस अफ नेपालका जज राजु लामा रहेका थिए । कतारमा भएको बिश्वकप पछि नेपाली कलाकार हरुको साथमा भएको पहिलो सांस्कृतिक कार्यक्रममा हलमा उपस्थिति हजारौं दर्शकलाई मनोरञ्जन दिन कुनै कसुर बाकी राखेनन, एकपछि अर्को गर्दै हिट गीतहरु मेरो देश, मलाई प्यारो लाग्छ, तिमिलाइ देखेर, बादल पारिको देशबाट जस्ता करिव १ दर्जन गीतहरु प्रस्तुत गर्दा दर्शक दिर्घाबाट नाच्दै (वान्स मोर ) को सब्दहरु गुन्जिएका थिए ।

काठमान्डौ म्युजिक ब्यान्डका सतिस थापा, टिना थुलुङ राई लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिले पनि सोनाम ल्होछार कार्यक्रम रोचक बनेको थियो । जनक थापा मगरको नेतृत्वमा नेपालि मौलिक नृत्य,
सुन्दर मोक्तानको तामाङ गीत, म्हेन्दोमाया गायिका माया थोकर, रिता तामाङ लगायत स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुती रहेको थियो ।

कार्यक्रममा नुवाकोट, धादिङ र रसुवामा चर्चित म्हेन्दोमाया फेटा तथा सम्मान पत्र बाट गायक राजु लामा लाई र द्वित्तीय सचिव प्रवीण भट्टराई लाई सम्मानित गरिएको थियो ।

संस्थाका संरक्षक बिनेष तामाङको स्वागत मन्तव्य, महासचिव बिकास तामाङ र कमला तामाङले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापति इन्द्र तामाङले कार्यक्रम ब्यवस्थापनमा खट्ने तथा उपस्थिति सम्पूर्णलाई सफलताको श्रेय दिदै कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

साेनाम ल्हाेछार- २८५९ लाई भव्य रुपले सफल पाराैं। ग्रेन गे दिम खरिदकाे लागि आर्थिक अभियान पूरा गराैं ।। भन्ने उदेश्यका साथ ( सोनाम ल्होछार) कार्यक्रम कतारमा गरेको नेपाल तामाङ घेदुङ कतार शाखाले बताएको छ ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस