२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

स्याङ्गजा सहयोग समाज कतार द्वारा द्वित्तीय सचिव भट्टराईको बिदाई तथा सम्मान

दोहा : स्याङ्गजा सहयोग समाज कतारले नेपाली नियोगका दृतिय सचिव प्रवीण भट्टराईलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि बिदाई तथा सम्मान गरेको छ ।

आफ्नो ४ बर्षे कतार स्थित नेपाली  कुटनितिक नियोगको बसाईलाई बिट मारेर नेपाल फर्किन लागेका भट्टराईलाई कतारमा रहेका नेपाली श्रमिक र  समुदायलाई विभिन्न माध्यमबाट सहयोग पुर्याएको योगदानको उच्च कदर गर्दै समाजले दोसल्ला, खादा तथा सम्मान पत्र सहित मायाको चिनो बाट सम्मान गरेको हो  ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले मन्तव्य राख्दै स्याङ्गजा सहयोग समाज कतार लगायत कतारमा स्थापित अन्य संस्थाहरु सङ्ग आफ्नो ४ बर्षे कतार बसाइ एकदमै सुमधुर सम्बन्ध रहेको बताए ।

यहाँ रहेका नेपाली श्रमिक हरुको पिडामा सहयोग गर्न आफू हर समय तत्पर रहेको बताउदै आफ्नो कार्यकालमा अफिसको समय बाहेकपनि नेपाली श्रमिकका सम्बोधन सुन्दै समस्या समाधान गर्नको लागि कुनै कसुर नराखेको भट्टराई सुनाए ।

No description available.

२०२३ जनवरि १ को डाटा अनुसार कतारमा रहेका नेपाली हरुको जनसंख्या ३,६४,३८९ (तीन लाख, चौसट्ठी हजार, तिनसय उनान्नब्बे ) रहेको र त्यसमध्ये महिलाको जनसंख्या १५,५५५ पन्द्र हजार पाँचसय पच्पन्न मात्रै रहेको बताउदै भट्टराईले आफ्नो कार्यकालमा लागु गरिएका विभिन्न नियम, कानुन परिमार्जन गरिएको सम्बन्धी समेत प्रष्ट पारेका थिए ।

जर्मन, अमेरिका, पाकिस्तानका नियोगमा समेत सेवा गरेका द्वित्तीय सचिव भट्टराईले कतारको बसाई विशेष रहेको बताउदै यहाँबाट बिदा भएपनि केहि समय सरकारी सेवामा रहेने र आफ्नो बाकी जीवन समेत  सामाजिक तथा राजनितिक कार्यहरुमा आफ्नो उपस्थिति रहने बताउदै स्याङ्गजा सहयोग समाज लगायतका संस्था प्रती आभारी रहदै आफ्नो मन्तव्य टुङ्गाएका थिए ।

No description available.

कार्यक्रममा समाजका प्रमुख संरक्षक गुरु नारायण रानाभाट, संरक्षकहरु टुक राज अर्याल , भेषराज पराजुली, बुद्दी प्रसाद भन्डारी, सल्लाहाकार शिव राम ढकाल , संस्थाका उपाध्याक्ष घनश्याम अर्याल लगायत कार्य समिती सदस्य हरुको उपस्थिती रहेको थियो ।

समाजका अध्यक्ष प्रकाश परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण सचिब ढाकाराम पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस