२०८१ असोज ३० गते बुधवार | 2024 October 16th Wednesday

शेष घले बिना एनआरएनए अभियान अधुरो अध्यक्ष : मुक्तादा

दोहा : गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनआर एनए आईसी सी पुर्व अध्यक्ष शेष घले बिना आफुहरुको अभियान सफल नहुने बताएका छन् l

सुक्रबार दोहामा सम्पन्न नेपाल आदिवासी जनजाती महासंघ कतारको नवौं महाधिवेशनमा बोल्दै मुक्तादाले उक्त कुरा बताएका हुन् l

एनसिसि कतारको दोश्रो कार्यकाल समाल्दै आएका मुक्तादाले एक रथका दुई पांग्रामा कुनै एक पांग्रा नभए रथ चल्न नसक्ने उदाहरण दिदै, आईसीसिको एउटा पांग्रा अहिले नभएको बताए ।

“जुन व्यक्तीले आईसीसीको निर्माणमा सबैभन्दा धेरै भुमिका खेलेको, आईसीसीलाई ब्राण्ड बनाएको,सबैभन्दा धेरै सहयोग गरेको त्यस्तो व्यक्ति शेष घले नै अहिले एनआरएनए मा छैन । “शेष घले बिनाको एनआरएनए
अधुरो ” हो ।

पुर्व अध्यक्ष घलेले आफ्नो कार्यकालमा र सम्मुर्ण एनआरएनए अभियानमा अतुलनीय योगदान रहेको बताउदै, एनआरएनए का मुद्दाहरु किनारा लगाउन समुर्ण अभियन्ताहरु एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए l

“अहिलेपनि घले संगै भएको भए आईसीसी मा ३ वटा अध्यक्ष बनेर जान नपर्ने बाध्यता पनि जिकिर गरेका थिए l

उनले दोहोराउदै भने कतारमा कुनै नेपालीलाई समस्या परेको खण्डमा एनआरएनए एनसीसी कतार सङ्ग आउनुस, यदि हामिले नसक्ने जटिल भएको खण्डमा नेपाली दूतावासले गर्छ र त्यहाँ पनि समस्या समाधान नभए कतार सरकारले गर्छ ।

दोहामा कुनैपनि व्यक्ती कतारको सिस्टम भित्र छ भने र नेपाल बाट आउने श्रमिकहरु प्रक्रिया पुर्याएर आएको खन्ड्मा कोइपनि समस्यामा पर्न सक्दैन, समस्यामा पर्ने भनेको त्यस्तो व्यक्ती हो जो कतारमा पैसाको रुख छ र पैसा टिप्नैको लागि चोर बाटो बाट आउन्छ भने आफैं समस्यामा पर्छ, त्यो चोर बाटो भनेकै (आजाद भीषा) लाई भनिन्छ । कतारमा कुनै आजाद भीषा नरहेको र त्यसरी नआउन पनि मुक्तदाले सम्पुर्ण नेपाली हरुलाई आग्रह गरे ।

आउने २४ तारिक शुक्रबार अन्तिम परिषद भेलाको आयोजना गरिएको र उक्तदिन मुक्तदा मुसलमानले कयौं ठाउँमा घर, घडेरि किन्यो,रेस्टुरेन्ट,क्लब बनाएको जस्ता अफवाह समचार सुन्नु भएको छ भने, संस्थाको सबैभन्दा ठूलो अदालत परिषद भेला भएको र उक्तदिन हिसाब किताब लिन र प्रमाणित गर्ने चुनौती का साथ् आउनुहुन समेत आग्रह गरे ।

केही व्यक्तीहरु धेरै विद्वान छ्न,जानी बुझी कुनै गलत कुरा नलेखी निद्रै लाग्दैन,त्यस्ता व्याक्तीहरुले समाजमा अफवाह फैलाउन, बिकृती फैलाउन सक्छ्न,समाजले चिनीराख्नु पर्छ भन्दै सबैलाई सचेत हुन समेत अनुरोध गर्दै आफुहरु बिरुद्द बिभिन्न प्रपंन्च रच्दै समाजमा अफाहव फैलाएकोमा दु:ख व्यक्त गरे l

सदाझै आउने फेब्रुअरी १७ तारिक अलदोसरी पार्कमा सबै जनजातीका चाड पर्व समेटिएर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रमलाई सफल पार्न सबैलाई उपस्थितिको निम्ति आग्रह गरे ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस