२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

प्रवासी नेपाली मञ्च कतार द्वारा दृतिय सचिव भट्टराईलाई बिदाई

दोहा– नेपाली नियोगका द्वितिय सचिव प्रवीण भट्टराईलाई प्रवासी नेपाली मञ्च कतारले एक औपचारिक कार्यक्रमको आयोजना गरि बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो ४ बर्षे कतार स्थित नेपाली कुटनितिक नियोगको बसाईलाई बिट मारेर ९ फेब्रुअरीमा नेपाल फर्कदै लागेका भट्टराईलाई कतारमा रहेका नेपाली श्रमिक हरुको हक, हित, अधिकारी र स्तर उन्नती साथै समुदायलाई विभिन्न माध्यमबाट सहयोग पुर्याएको योगदानको उच्च कदर गर्दै समाजले दोसल्ला,खादा तथा सम्मान पत्र सहित मायाको चिनो बाट सम्मान गरेको हो  ।

कार्यक्रमका प्रमुख अतिथि रहेका भट्टराईले मन्तव्य राख्दै प्रवासी नेपाली मञ्च कतार लगायत यहाँ स्थापित अन्य संस्थाहरु सङ्ग आफ्नो ४ बर्षे कतार बसाइ एकदमै सुमधुर सम्बन्ध रहेको बताए ।

जर्मन,अमेरिका,पाकिस्तानका नियोगमा समेत सेवा गरेका द्वित्तीय सचिव भट्टराईले कतारको बसाई विशेष रहेको र आफुले सक्दो, नेपाली श्रमिकको हितको लागि ड्युटीको समयपछी पनि कुनै कसुर नराखेको जानकारी गराए ।

कतारमा आफ्नो ४ बर्से कार्यकालमा आफुले गरेका थुप्रै समसामयिक बिषयको चर्चा गर्दै प्रवासी नेपाली मञ्च कतारले दिएको माया,सम्मान प्रती आभारी रहदै आफ्नो मन्तव्य टुङ्गाएका थिए ।

प्रवासी नेपाली मञ्च कतारको तर्फबाट मञ्चका प्रमुख सल्लाहकार,अन्तर्राष्ट्रिय कमिटीका उप सचिव तथा प्रचार बिभाग प्रमुख इन्चार्ज चानक पोखरेल, मञ्चका संस्थापक अध्यक्ष कमल मणि गुराँगाइ,एनआरएनए आइसिसी सदस्य तेज कटुवाल लगायत मञ्चका  पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकार परिषदका सचिव एवम् सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

मञ्चका सचीव बिनेश तामाङले सहजीकरण र कार्यवाहक अध्यक्ष बालकृष्ण भित्रीकोटी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस