२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रियले स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै

दोहा| स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले मानसिक स्वास्थ्यसम्बन्धी मनोपरामर्श तथा उत्प्रेरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यहि माघ २८ गते शनिबार साँझ ५ बजे बरिष्ठ मनोविश्लेषक बासु आचार्यको उपस्थितिमा मानसिक स्वास्थ्यसम्बन्धी भर्जुअल कार्यक्रम गर्न लागिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले जानकारी दिए ।

आचार्यले विभिन्न अवस्थाले सिर्जना हुने मानसिक अस्वस्थता अथवा मनोपिडाको विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष अर्यालले बताए ।

देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनहरुमा मानसिक स्वास्थ्य सम्बन्धित कार्यक्रममा भर्चुअल रूपमा जोडिन हुनको लागि आयोजक संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रियले सबैमा अनुरोध सहित निमन्त्रणा गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस