२०८२ चैत्र ३ गते मङ्गलवार | 2026 March 17th Tuesday

चर्चित लोक गायक बिष्णु खत्री कतार आउँदै

दोहा : नेपाली जनप्रगतिशिल मञ्च रास्ट्रीय समिती कतारको विशेष आयोजनामा “प्रगतिशील साँस्कृतिक साँझ
२०२३ ” कार्यक्रमको लागि रास्ट्रिय ख्याती प्राप्त कलाकार,गायक संगीतकार, गीतकार बिष्णु खत्री कतार आउने भएका छ्न ।

आउँदो फेब्रुअरी १४ तारिक मङ्गलवार कतारको (sport Day) का दिन अल अत्तिया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा औपचारिक रुपमा दिनको ३ बजे सुचारु हुने कार्यक्रमको लागि गायक खत्री कतार आउन लागेको जनप्रगतिशिल मञ्च रास्ट्रीय समिती कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले बताए । कार्यक्रममा खत्री सङ्गै स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहने पनि अध्यक्ष भन्डारिले जानकारी गराए ।

गायक खत्रीका शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन्। उनले गीतमार्फत विकृति, विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन्। उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन्।

कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक संघ संगठन, सामाजिक संस्था, सामाजिक क्षेत्रका सामाजिक अभियन्ताहरु, महिला समाज, बुद्धिजीवी, लगायत कतार लाई कर्मथलो बनाई बसोबास गर्ने नेपाली लाई कार्यक्रम भव्य तथा सभ्य रूपमा सफल बनाउन सम्पूर्णको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको आयोजक संस्था नेपाली जनप्रगतिशिल मञ्च रास्ट्रीय समिती कतारले जनाएको छ ।

स्थापना काल देखीनै यस मञ्चले प्रवासी नेपाली हरुको हकहित र नेपालमा परि आएका बिभिन्न प्राकृति बिपतिको बेला तथा विविध सामाजिक, आर्थिक  गतिविधिमा उल्लेख्य योगदान दिदै आएको छ ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस