२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

ठकुरि सहयोग सञ्जाल कतारको बनभोज कार्यक्रम सम्पन्न

दोहा-ठकुरि सहयोग सञ्जाल कतारको आयोजनामा अलदोसरी गार्डेनमा बृहत् बनभोज कार्यक्रम सम्पन्न भएको छ।

“सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भभाव सबैमा विश्वब्यापी हाम्रो अभियान”भन्ने मुल नाराका साथ सन २०१४ मा कतारमा स्थापना गरिएको संस्थाले कतारमा रहेका स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतिमा बृहत् बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष केशु मल्ल ठकुरीको सभापतित्व तथा  एनआरएनए आइसिसि युवा उपाध्यक्ष राज रेग्मीको प्रमुख आथित्यमा, सञ्जाल कतारका संरक्षक, प्रमुख सल्लाहकार, विशेष सल्लाहकार लगायत कतारमा रहेका ठकुरी “राजा महारानी”हरुको बाक्लो उपस्थिति रहेको थियो ।


विधिवत रूपमा उद्घाटन गर्दे शुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई वरिष्ठ उपाध्यक्ष खगेन्द्र शाही ठकुरीले स्वागत मन्तव्य बाट स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि रेग्मीले बोल्दै सञ्जाल कतारले गरेको विभिन्न कार्यहरुको चर्चा गरेका थिए ।

ठकुरि संस्थाको अमुल्य परम्परा, संस्कृती रितिरिवाज हरु छ्न, यिनै परम्परा बचाउन प्रवास कतारमा स्थापना गरिएको संस्थाको ठूलो जिम्मेवारी रहेको रेग्मीले बताए  ।

सञ्जालले प्रत्यक्ष उत्साह रुपमा बृहत समाजिक कार्य गरिरहेको आफुले देखेको र आफ्नो साथ सहयोग, हातेमालो गर्दै जाने बताउदै आगामी दिनमा कतारमा उत्कृष्ट संस्था बन्न सकोस भन्दै आफ्नो मन्तव्य राखेका थिए ।

नेपाली महिला समाजकि उपाध्यक्ष माया केसी, कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद पराजुली,जनप्रगतिसिल मञ्च कतारबाट बिकास गैरे,प्रवासी नेपाली मञ्च उपाध्यक्ष बिजय बस्नेत, नेपाली जनसम्पर्क समिति कतारका कोषाध्यक्ष चन्द्र कान्त शर्मा, एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान संस्थाका संरक्षक केबी हमाल लगायतले मन्तव्य राख्दै ठकुरी सहयोग सञ्जाल कतार संख्याको हिसावले कमि रहेतापनि सामाजिक आर्थिक तथा नैतिक कार्यमा अगाडि रहेको भन्दै कतारमा रहेका सम्पुर्ण ठकुरी हरु सञ्जालमा आबद्ध रहेर आफ्नो भाषा धर्म,सस्कृती रितिरिवाज जोगाउन प्रतिबद्द्ता हुनुपर्ने  बताए ।

कार्यक्रममा शान्ति ओलि,अमृत लिम्बु, रितु काली, देव घिमिरे,अनिता सोनि, मिलन दर्लामी मगर, कमला गुरुङ,दिपक नेपाली,सृष्टि लामा, गोबिन गुरुङ, दिपक घले, हाँस्य कलाकार कुमार न्यौपाने, विवेक आचार्य लगायतका कलाकारको उत्कृष्ट नृत्य रहेको थियो भने कलाकारद्वय अमृत लिम्बु, इन्दिरा शाह ठकुरीको रोचक दोहोरीले कार्यक्रम निकै मनोरञ्जनात्मक बन्यो । कार्यक्रममा कलाकार, पत्रकार लगायत  विभिन्न तरिका बाट सहयोग गर्नेलाई सम्मान पत्र बाट सम्मानित गरिएको थियो।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति केशु मल्ल  ठकुरीले बोल्दै  सञ्जाल कतारको बृहत बनभोज कार्यक्रममा  उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गरे । विभिन्न कठिनाइको बाबजुत कार्यक्रम सफल पार्न साथसहयोग गर्ने सम्पुर्ण प्रती आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए भने सहजीकरण इन्दिरा शाह ठकुरीले गरेकी थिइन । 

प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस