२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

प्रवासी कुशवाहा कल्याण समाज कतारको नयाँ नेतृत्वमा कमलेश महतो

रामएकवाल राम
दोहा- प्रवासी कुशवाहा कल्याण समाज कतारको नयाँ नेतृत्वमा कमलेश कुमार महतोलाई चयन गरेको छ।
सङ्गठित कुशवाहा समृद्ध समाज भन्ने मुल नाराका साथ २०१९ स्थापना भएको संस्थाको प्रथम अधिवेशन सम्पन्न भएको छ।
शुक्रबार सनैया स्थित एसियन रेस्टुरेन्टको सभाहलमा सप्पन्न संस्थाका अध्यक्ष श्री बिनोद कुमार महतोको सभापतित्वमा तथा हेल्प मधेसी कतार च्यापटरको अध्यक्ष रामकुमार यादवको प्रमुख आतिथ्यमा, समाजसेवी मनिष यादव, मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखको विशिष्ट आतिथ्यमा तथा विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकाहरुको उपस्थितिमा सप्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले संस्थाको सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई दिदै फागु पुर्णिामाको सम्पूर्णमा अग्रिम शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुलाई खादा तथा प्रसंशा पत्रले सम्मान गरेको थियो।विभिन्न जिल्ला, प्रदेश, जातीय संस्थाका प्रतिनिधि तथा बुद्धिजीवीहरुले शुभकामना मन्तव्य राखेका थिए।
नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा शहिदहरुप्रती श्रद्धाञ्जली स्वरुप दिप प्रजलन गरि एक मिनेट मौन धारण गरि कार्यक्रमलाई अगाडि बढाएको थियो।संस्थाका उपाध्यक्ष विशेस्वर महतोले मन्तव्य राखेको थियो।
कार्यक्रमलाई समापन गर्दै सभापति महतोले संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरु तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु भएका सम्पूर्ण सहयोगी तथा संस्थाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै होलि पर्वको शुभकामना व्यक्त गर्दै समापन गरेका थिए।
संस्थाको संरक्षक एव कार्यकारी अध्यक्ष श्री शिवकुमार महतोले कार्यक्रम सन्चालन गरेका थिए।
नयाँ कार्यसमिति :-
(१) श्री कमलेश महतो – अध्यक्ष
(२) श्री बिशेश्वर महतो – उपाध्यक्ष
(३) श्री मायाराम महतो – उपाध्यक्ष
(४) श्री उमेश कुमार महतो – उपाध्यक्ष
(५) श्री मनोज कुमार महतो – महासचिव
(६) श्री कृष्ण कुमार महतो – सचिव
(७) श्री जितेन्द्र कुमार महतो – सह- सचिव
(८) श्री उमेश कुमार सिंह – कोषाध्यक्ष
(९) श्री रंजित कुमार महतो – सह- कोषाध्यक्ष
(१०) मिडिया कर्मि – विजय सिंह कुशवाह
(११) सह – मिडिया कर्मि – ध्रमेन्द्र प्रसाद सिंह
कार्यकारी सदस्यहरु
(१२)श्री रामकरण महतो
(१३)श्री जनक लाल महतो
(१४) श्री परिक्षण महतो
(१५ श्री मनिक लाल महतो
(16)श्री राम केवल महतो
(१७)श्री राजेश्वर प्रसाद सिंह
(१८)श्री कौसल महतो
(१९) श्री राम रिझन महतो
(२०) श्री अजित कुमार महतो
(२१)श्री एकलब्य कुमार सिंह
सल्लाहकारहरु
(१) श्री बिनोद कुमार महतो
(२) श्री शिव कुमार महतो
(३) श्री मनोज सिंह
(४) श्री घुरण महतो
(५) श्री राम कल्याण महतो

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस