२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

शेर्पा समुदायले दोहामा मनाइयो ग्याल्पो ल्होसार

दोहा : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार, विविध कार्यक्रम आयोजना गरी गत शुक्रबार कतारको सनैया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा   मनाइएको छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले (छ्यु मो ह्ये लो २१५०)  औँ ग्याल्पो ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी देश देखी बिदेशमा रहेका नेपाली हरुले भव्यरूपमा मनाउने गर्दछ्न ।

संस्थाका अध्यक्ष तेन्जी शेर्पाको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष  भाइ काजी गुरुङको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा ,महासंघ कतारमा आबद्ध विभिन्न मातृ सङ्गसंस्थाका प्रतिनिधि, लामा गुरु, कलाकार,बुद्धिजिबी पत्रकार लगाएत शेर्पा तथा गैर शेर्पा नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।

सल्लाहकार सिर पासाङ शेर्पाको स्वागत मन्तव्य रहेको थियो भने ग्याल्पो ल्होसार चाड के हो र यशको बिशेषता र महत्वका बारेमा वरिष्ठ उपाध्यक्ष वरिष्ठ ङवाङ फुरि शेर्पाले स्पष्ट पारेका थिए। सभापती, लामागुरु, प्रमुख अतिथि लगायत बाट ब्यानर उट्घाटन दिप प्रज्वलन तथा रास्ट्रिय गान गाउँदै औपचारिक कार्यक्रमको सुचारु गरिएको थियो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि भाइ काजी गुरुङले २१५० औ ग्याल्पो ल्होसार प्रवासमा रहेरपनि नेपालको मौलिक संस्कृति, भेष भुषा धर्म संस्कार सस्कृतिको जगेर्ना गर्दै संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धनमा गरिएको कार्य अतुलनीय रहेको बताए ।

प्रवासमा भएर पनि आफ्नो मौलिक पहिचान जाती धर्म, संस्कार,संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा शेर्पा किदुग दोहा कतारले उल्लेखनीय भुमिका खेलेको भन्दै गुरुङले प्रशंसा गरेका थिए।

कार्यक्रममा स्थानिय कलाकार हरु देन्जो शेर्पा , सुनिता शेर्पा, सेलो घायक कुमार ओख्रेली, सरला तामाङ,शुन्दर मोक्तान तामाङ,अमृत लिम्बु , म्हेन्दोमाया गायक सुर्य लामा, दिपक नेपाली,अरुन योन्जन , रम्जान निर्दोष ,बनिता राई, सिमराज ख्युङबा लामा, ल्हेमी शेर्पा , सम्देन शेर्पा , सुनिता शेर्पा लगायत रहेका थिए ।

तेसैगरि सबिना मगर, अङफुरी शेर्पा , सृष्टि लामा , सुप्रभा सुवेदी ,सबिना राई ,सीता तामाङ , ईस्वरी तामाङ ,डाेमा शेर्पा , सपना मगर, साथमा QN dance grup ko नृत्य कलाकार हरुको धमाकेदार प्रस्तुति रहेको थियो ।

कार्यक्रममा “प्रवासी नेपाली तामाङ समाज कतारले” तामाङ समाजमा प्रचलित कोसेली सगुनलाई अध्यक्ष तेन्जी शेर्पालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष तेन्जी शेर्पाले निमन्त्रणालाई सहस्र स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।औंपाचारिक कार्यक्रमको सहजीकरण संस्थाका महासचिव पेम्बा शेर्पाले गरेका थिए ।

“भाषा धर्म कला र संस्कृती हाम्रो पहिचान,जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन :२०१७ मा स्थापना गरिएको संस्थाको आयोजनामा हरेक बर्ष “ग्याल्पो ल्होसार “चाड मनाउने लगायत विविध सामाजिक, आर्थिक तथा नैतिक रुपमा दोहाको नेपाली समाजमा अग्रसरता दिदै आएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस