२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कफि समाज नेपालले गर्यो बरिस्टा च्याम्पियनसिपको आयोजना

दिलिप पराजुली
दोहा,

कफि समाज नेपालले स्पेसाल्टी कफि एसोसिएसन संग मिलेर कतार बरिस्टा च्याम्पियनसिपको आयोजना गरेको छ ।
बैदेशिक रोजगारको सिलसिलामा कतार आएर कफि क्षेत्रमा राम्रो गर्ने युवाहरुले आफ्नै क्षेत्रमा लाग्न चाहानेलाई सीप सिकाउने र सक्षम बनाउने भन्ने उदेश्यले २०२१ मा यो समाज स्थापना गरेका हुन ।
कतारका प्रमुख कफिसपहरुको संलग्नता रहेको उक्त आयोजनामा नेपाल लगायत फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान र भारत गरेर जम्मा २२ प्रतिस्पर्धीहरु सामेल थिए । मार्च २,३ र ४ गते सम्म चलेको आयोजनामा ४ जना नेपाली फाईनल प्रवेश गरेका थिए ।
फ्रान्सबाट वर्ल्ड कफी प्रमुख माइकल उक्त आयोजनाका प्रमुख निर्णयक थिए भने कोलम्बिया, टर्की , रोमानिया, साउदी अरब र इन्डोनेसियाका २ निर्णयक सहित ३ कतारी निर्णयक गरि जम्मा ९ जनाले निर्णयकको भूमिका निभाएका थिए ।
कतार कफि कम्युनिटीले गरेको आयोजनामा कफि समाज नेपालले संयोजकको भूमिका निर्बाह गरेको थियो ।
समाजको तर्फबाट गोपाल बस्याल ,लक्ष्मी प्रसाद तिमिल्सिना र राममणि दवाडी लगायतले सहयोग गरेका थिए ।
प्रतियोगितामा फिलिपिन्सका लुइस प्रथम भए भने नेपालिहरुमा प्रविन खड्का दोश्रो र सुरज मोक्तान तेश्रो भएका थिए ।
कफि समाजको उदेश्य कतारमा क्षमताको अभाबले उपयुक्त जागिर नपाएका युवालाई कफि सम्बन्धी तालिम दिएर क्षमता वृद्धि गरि सक्षम बनाउनको लागि शुरूवात गरिएको सामाजिक अभियान्ता अम्बिका पौडेलले बताए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस