२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

चर्चित गायिका रचना रिमाल कतार आउँदै ।

दोहा : कोशि प्रदेश समन्वय परिषद, कतारको आयोजनामा “winter outdoor festival २०२३ कार्यक्रमको लागि चर्चित गायिका रचना रिमाल कतार आउन लागेकी हुन ।

आउँदो मार्च १७ शुक्रबारको दिन कतारको Estra hat Aldar क्लब उम सलाल अलिको सभाहलमा हुने बृहत साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार रिमाल कतार आउन लागेकी हुन । उनी सङ्गै कतारमा रहेका स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतिमा (तेस्रो चोटि) उक्त कार्यक्रम हुन लागेको महासचिव निरन नेपालले बताए ।

रिमाल रिमाल कतार आउने भएपछि, यहाँका नेपाली दर्शको उन्को साङ्गितिक प्रस्तुति हेर्न उत्साहित रहेको र कार्यक्रमको लागि टिकट दर समेत कायम राखिएको महासचिव नेपालले जानकारी गराए ।

गायिका रिमाल नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडल बाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन्। उनी २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्। रिमाल नेपाल आइडल बाट बाहिरिएपछि ‘फोटो फिरिमा’ बोलको गीतबाट चर्चामा आएकी हुन् । ‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु रुचाइएका छन् ।

कार्यक्रमलाई सफल तुल्याउनको लागि कतारमा रहने कोशि प्रदेश बासी तथा सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनि हरुमा उक्त दिन उपस्थिति जनाइदिनको निम्ति पनि आयोजक संस्था कोशि प्रदेश समन्वय परिषद कतारले आग्रह गरेको छ । कोशि प्रदेशमा १४ जिल्ला संस्थाहरु रहेका छ्न ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस