२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

लेजेन्डस् लिग क्रिक्रेट आजबाट सुरु हुदै

दोहा-लेजेन्डस् लिग क्रिक्रेट आजबाट कतारमा सुरु हुदैछ।

एशियन टाउन क्रिक्रेट स्टेडियमा आजबाट लेजेन्डस् लिग क्रिक्रेट सुरु हुन लागेको हो।

दश दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा गौतम गंभीरको नेतृत्वमा रहेको भारतले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्ससगँ प्रतिस्पर्धा गर्नेछ।एसिया लायन्सको कप्तान पाकिस्तानी शाहिद अफ्रिदी रहेका छन् ।

पारस सम्मिलित एसिया लायन्सको टोलीमा शाहिद अफ्रिदी,अब्दुल रजाक,अस्गर अफगान,धिमान घोष,तिलकरत्ने दिलसान,मिस्बाह उल हक,मोहम्मद अमिर,मोहम्मद हफिज,थिसिरा परेरा,शोएब अख्तर,सोहिल तनविर, उपुल थरंगा र इसुरु उडाना रहेका छन।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस