२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कतारमा सामाजिक संन्जाल चलाउदा कतार सरकारको नियम कानुनमा ध्यानदिन आग्रह

दोहा-रेडियो कतार उर्दुका चर्चित पत्रकार ओबैद ताहीरले कतारमा रहेका नेपालीहरुले सामाजिक संन्जाल चलाउदा कतार सरकारको नियम कानुनमा ध्यानदिन आग्रह गरेका छन।

सामाजिक संन्जाल चलाउदा कतार सरकारको नियम कानुनको ध्यान दिदै कतारमा रहेका नेपालीहरुमा सत्य त्यथ्य समाचार र सुचना सम्प्रेषण गर्न आग्रह गरेका हुन।

नेपाल पत्रकार महासंघ कतार शाखाको१७ औं स्थापना दिवसमा बोल्दै उनले विशेष गरेर टिकटकमा भिडियो बनाउदा आफ्नो नेपाली भाषाको प्रयोग गरि नेपाली समुदायलाई सत्य त्यथ्य समाचार र सुचना सम्प्रेषण गर्नु पर्न बताए ।

उनले भने “नाच्ने गाउने आफैंमा एउटा कला हुन सक्छ, तर हामीले जनमानसमा सही सुचना  विभिन्न उपाय अवलम्बन गर्ने तर्फपनि ध्यान दिनु पर्दछ”।

नेपाली संघ संस्थाहरुको फेहरिस्त प्रती आश्चर्य व्यक्त गर्दै उनले भने “कतारमा यति धेरै नेपाली संस्थाहरु रहेछन्, तर संस्थाहरुले आम नेपालीहरुमा सचेतनाको पहुंच पुर्याउन सकेको देखिएन”।

उनलेे कतारमा रहेका नेपाली सघंसंस्थाहरुले नेपाली समुदायलाई सचेतनात्त्मक कार्यक्रम गरेर,ब्यानर बनाएर विभिन्न माध्यमबाट सत्य त्यथ्य समाचार र सुचना उनिहरु माझ पुरयाउनु पर्ने बताएका छन।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस