२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

संचारकर्मी जोस्ना घिमिरेको अभिनयमा ‘यो मुटु भरी’ भिडियो सार्वजनिक।

काठमाण्डौ। सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको’यो मुटु भरी’ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन ।

माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन ।

यादव घिमिरेको संगीत तथा नोरवु शेर्पाको एरेन्जमा गीत तयार गरिएको छ । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ । रोनिस तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा आदित्य ठकुरीको निर्देशन भिडियोमा रहेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस