२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

कतारमा एसियाली निशुल्क स्वास्थ शिबिर हुदै

दोहा-कतारमा १९ औं एसियाली निशुल्क स्वास्थ शिबिर हुने भएको छ ।

गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार, इन्डियन कम्युनिटी र इन्डियन डाक्टर्स क्लबको संयुक्त आयोजना साथै मिनिस्ट्री अफ पब्लिक हेल्थ यच एम सि( Minitry of Public Health, HMC & PHCC )को  संरक्षणमा निशुल्क स्वास्थ शिबिर हुने भएको हो।

आगामी जुन ९ तारीख शुक्रबारका दिन उम अल सनिम प्राईमेरी हेल्थ सेन्टर एन खालिद ( Umm Al-Seneem Primary  Health Centre,Ain Khalid) मा सञ्चालन हुने शिविरमा २५०० जना आप्रवासी श्रमिकहरु लाभान्वित हुनेछन।

शिविरको मुख्य उद्देश्य श्रमिकहरुलाई आफ्नो स्वास्थ्यको हेरचाहको महत्त्व बारे जानकारी गराउने रहेको छ।

शिविरमा सामेल हुनको लागि निम्न अनुसारको  नियम रहेको छ ।

•जसको मासिक आय ३००० कतारी रियाल भन्दा कम छ।
•कुनै पनि बिरामिको उपचारत हुनुहुन्छ भने फारमा उल्लेख गर्ने ।
•जो HMC वा PHCC बाट नियमित उपचार गराइरहेका छैनन्।
•जसलाई आफ्नो रोजगारदाता वा बीमा प्रदायक मार्फत उपचार गराउने सुविधा छैन।

शिविरमा सामेल हुनको लागि तल उल्लेखित फारम भर्नु पर्नछ।

https://forms.gle/NheCtz7RBTvw2eA18

फारम दर्ताको लागि अन्तिम मिति आगामी ३० मई रहेको छ ।फारम दर्ता गर्दा कुनै थर वा थरको सट्टा पहिलो नामबाट सुरु गर्नुपर्न छ।एउटै मोबाइल नम्बरमा एकभन्दा बढी व्यक्ति दर्ता हुन पाईने छैन  र व्हाट्सएप नम्बर अनिवार्य हुनु पर्नछ।

दर्ता पुष्टि गर्न,दर्ता भएको व्हाट्सएपमा QR कोड आउने छ र उक्त QR कोड शिविरको दिन दर्ता डेस्कमा देखाउन पर्नेछ साथै QR कोड बिना प्रवेश अनुमति दिइने छैन ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस