२०८३ भाद्र ३ गते बुधवार | 2026 August 19th Wednesday

धान दिबस नाटक

 

बर्तमान निबर्तमान पूर्व केही परे
धान दिबशरे महाजन खेत खेत झरे
रोपे ,हिलो खेले, रमाईलो गरे
युद्व जिते सरि फेसबुक वाल भरे !

अरुबेला महाजन तन्द्रामा हुन्छन्
कृषि र किसान लाई चटक्कै बिर्सन्छन
अरुक्षेत्रमा भारी बजेट बिनियोजन
जहांबाट आओस् मनग्य कमिशन

कति सिंचाईका योजना ल्याईयो ?
गरि काम पुरा समयमै भ्याईयो ?
के ब्यबस्था गर्यौ बिऊ,मलखाद्को ?
के ब्यबस्था बने भण्डारण बजारको ?

कां पाए अनुदान,सच्चा किसानले?
मोटाए महाजन कृषि अनुदानले
केहि गर्छु भन्नेहरु पनि गले
संरक्षण नहुँदा बिच बाटोमै ढले

पसिना बगाउंछ किसान बर्षभरि
दलालले कमाउँछ बजार कब्जा गरि
उता सिमा खुला,बिना रोकटोक
आयत् हुन्छ ,यहाँ किसान् को बिजोग

यो थिती बदल्न  के के निती ल्यायौ ?
कुन् थिती बसाली किसान जोगायौ?
बर्षमा एक दिन किसान मैत्री बन्दै
यो नाटक नगर धान दिबश भन्दै

२०८० असार

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस