२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

पर्वत समाज कतारले रक्तदान कार्यक्रम आयोजना गर्दै

दोहा : पर्वत समाज कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ l समाजले नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको हो l

“रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ आउँदो २१ जुलाइ २०२३, शुक्रबार, कतारको सरकारी अस्पताल हमादको “ब्लड डोनर सेन्टर” मा उक्त कार्यक्रम हुन लागेको समाजका अध्यक्ष रघु शर्माले जानकारी गराए l

कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा बैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरु लगायत सम्पूर्ण नेपालीलाई उपस्थित भएर रक्तदान गरिदिन हुन समाजले आग्रह गरेको छ साथै रक्तदान गर्न आउने रक्तदातालाई यातायात सुबिधा समेत रहेको सस्थाका अध्यक्ष शर्माले  जानकारी दिए l

रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएर दिउँसो १ बजे सम्म रहने छ l

रक्तदाताले रक्तदान गर्दा ध्यानदिनु पर्ने कुराहरु निम्न कुमा ध्यान दिनु पर्ने छ l

१) रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।

२) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।

३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना पुरा भएको हुनुपर्नेछ ।

४) रक्तदाता कम्तीमा ७ घन्टा सुतेको कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको र खाली पेट नभएको हुनुपर्नेछ ।

५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ ।

६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ ।

 

यतायतका लागि सम्पर्क :

राम प्रसाद शर्मा ( 70211172)

बस छुट्ने समय: बिहान ८ बजे

स्थान : ग्रान्ड मल सनैया

अन्य जानकारीका लागि सम्पर्क :

रघुनाथ शर्मा- 77624277

आनन्द जि सी- 66596677

भरत मल्ल- 30149813

 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस