२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

एनआरएनए कतार (2023-2025) : सचिव पदमा सुरज शर्मा अधिकारीको उम्मेदवारी

दोहा l गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल २०२३-२०२५ को लागि युवा ब्सयावसायी तथा समाजसेवी सुरज शर्मा अधिकारीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । “गतिशील , सशक्त संस्थागत र समावेशीता , मजदुर मैत्री एनआरएनए हाम्रो प्रतिबद्धता” आबश्यकता मान्यता राख्ने अधिकारी आफु नेतृत्वमा पुगेको खण्डमा ‘श्रमिकमैत्री’ एनआरएनए बनाउने उनको लक्ष्य छ। कतारमा नेपाली व्यवसायी बीचको सम्बन्ध लाई सुधार गर्ने देखि यथास्थिति चलन भन्दा माथि उठेर नेपाली राजदूतावास कतारसँगको सहकार्य र समन्वयमा श्रमिकको हक हित एबं आवश्यक पर्ने डकुमेन्टमा सहजीकरण गर्ने लक्ष्य रहेको बताउने अधिकारी कतारमा स्थापित बिभिन्न सामाजिक सस्थामा आवद्द छन् l उनले वैदेशिक रोजगारीसम्बन्धी सचेतना अभियान फैलाउन कतारमा स्थापित संघसंस्थाहरुसंग सहकार्य गर्ने र रोजगार एबम् स्वरोजगार गर्दै आएका नेपालीहरुलाई लक्षित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन उत्प्रेरित गर्ने खालको कार्यकम ल्याउने उनको योजना रहेको छ। पर्वत जिल्लामा जन्मेका शर्मा वैदेशिक रोजगारको शिलशिलामा सन् २०१८ देखि कतारमा छन् l रोजगारीको शिलशिलामा कतार आएर पनि अहिले आफ्नै व्यावसाय सुरुगरेका अधिकारी NRNA लाई श्रमिकमैत्री बनाउन आफूलाई मत दिन कतारबासी नेपालीहरुलाई अपिल पनि गरेका छन्। अधिकारेको अपिल जस्ताको तेस्तै   कतारबासी सम्पूर्ण नेपाली समुदायमा हार्दिक नमन🙏 म विगत लामो समय देखी कतार को दोहा कर्मथलो बनाएर बसेको छु ।इतिहासकै सबै भन्दा सङ्गिन मोडमा उभिएको गैर आवासीय नेपाली सङ्घमा केन्द्र देखि तलसम्म रहेका अनेकौँ समस्या र अस्पष्टताले आम पञ्जीकृत सदस्यहरूमा उब्जिएको शङ्का र निराशालाई चिर्दै विश्वासको उचाइसम्म संघलाई पुर्याउन म लगायत गैरआवासीय नेपाली संघका अभियन्ताहरूले धेरै समय व्यतीत र मेहनत गर्नु परेको छ । संघको विभिन्न विभागमा रही काम गर्दा कतारमा रहेका गैरआवासीय नेपालीहरूको चासो र सरोकारलाई संवोधन गर्न, श्रमिक समस्या र सहजीकरण गर्न, नेपालमा हुने विभिन्न विपतमा नेपाल र नेपालीको हितमा निस्वार्थ काम गर्न र मध्यपूर्वमा रहेका समग्र नेपालीहरूको हक, हित र सम्भावनाका लागी कृयाशिल रहन यो संस्था भित्रै रहेर अझ धेरै काम गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास छ । म कतारमा रहेका बिभिन्न संस्थाका पदमा नभएतापनि कृयासिल रुपमा काम गरेको तपाईहरुलाई अवगत नै छ हुन त पदमा भएपनि ,नभएपनि समाज सेवा गर्न त सकिन्छ तर संस्थामा आबद्ध भएर काम गर्दा पदिय जिम्बेवारीमा रहेर काम गर्दा संस्थाप्रतिको जिम्बेवारी भने अवस्य बोध हुनेछ। यही विश्वासबाट गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको २०२३–२५ का लागि सचीव पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु। तपाइहरुले म जस्ता निस्वार्थ समाज सेवा गर्ने युवा लाइ एकपटक एनआरएनए कतारको बर्ष २०२३-२०२५ को सचिवको जिम्मेवारी प्रदान गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।यहाँहरूको सुझाव, साथ र सहयोगको अपेक्षा गर्दछु । धन्यवाद सुरज शर्मा अधिकारी  सचिव पदको उम्मेदवार NRNA – NCC, QATAR 2023-25

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस