२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

एनआरएनए कतार (२०२३-२०२५ : सचिवमा रोसन अर्यालको उम्मेदवारी

दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि सचिव पदमा स्याङ्जाका रोसन अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।

बैदेशिक रोजगारीको क्रममा सन : २००७ देखि कतारलाई कर्मथलो बनाई लामो समयदेखि कार्यरत रहि विभिन्न संघ सस्थाहरुमा आबद्ध हुँदै सामाजिक काम गर्दै आएको कार्यदक्षता एबम अनुभवहरु,तथा विभिन्न संघ संस्थाहरुसंगको सहकार्य साथै कतारमा दुखमा परेका नेपाली श्रमिकहरुको लागि सहयोग र समन्वय गर्दै आएका अर्यालले सचिव पदमा उम्मेदवार घोषण गरेका हुन ।

अर्याल हाल स्याङजा सहयोग समाज, दोहा कतार को सांस्कृतिक बिभाग संयोजक, प्रवासि नेपालि समुदाय, दोहा कतार को सचिव तथा गण्डकि प्रदेश समन्वय परिषदको कोषाध्यक्ष जस्तो गरिमामय पदमा रहेर सामाजिक कार्य सफलता पुर्बक सम्पादन गरिरहेका छन् । व्यवस्थापन र पब्लिक रिलेसनमा राम्रो दक्खल राख्ने अर्याल आफैमा कलाकार हुन् भने कतारमा रहेको एकमात्र म्युजिक ब्याण्ड काठमाडौं म्युजीकका ब्यावास्थक समेत हुन् l

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको अर्याल बताउछन । कतारको एनसिसिमा जति पार्षद सदस्यहरु बनेका छन् उनीहरुको साथ, सहयोग र विस्वासकै कारण आफु निर्वाचित हुनेमा विश्वस्त रहेको अर्यालले बताए ।

संघको निर्वाचन अगामी २१ जुलाई तथा दशौं महाधिवेशन २८ जुलाई २०२३ मा हुने कार्यतालिका बमोजिम सचिव पदमा आफ्नो पक्षमा मत राखिदिन समेत सम्पुर्णमा अनुरोध गरेका छन् ।

अर्यालको अपिल जस्ताको तस्तै 

आदरणीय कतारबासि 

नेपाली दाजुभाई तथा दिदिबहिनीहरु र 

सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू पन्जिकृत पार्षद सदस्य ज्युहरु 

सामाजिक अभियान्ताज्युहरु तथा पत्रकार मित्रहरूमा सादर नमस्कार

मैले सचिव पदमा मेरो उम्मेदवारी रहने जानकारी गराउदछु ।

म रोशन अर्याल, स्याङ्जा जिल्ला घर भई रोजगारिको सिलसिलामा हाल दोहा कतारमा सन २००७ देखि कार्यरत छु। बैदेशिक रोजगारी को क्रममा कतारलाई गन्तब्य को रुपमा कर्मथलो बनाई लामो समयदेखि कार्यरतरहि यसै क्रममा बिभिन्न नेपालि समुदायमा सक्रिय रहि स्याङ्जा सहयोग समाजबाट शुरुदेखिनै सामाजिक कार्यमा सहभागि हुदै सहकार्य गर्दै आएको छु । यसै सिलसिलामा नेपालि भाषा, कला र संस्कृती तथा गित संङ्गितलाई सम्बर्दन र प्रबर्दन गर्ने हेतुले काठमाडौं म्युजिकल ब्याण्ड मेरै संयोजकत्वमा स्थापना भएको थियो र सामाजिक कार्यहरुमा मेरो र ब्यान्डको योगदानहरु यहाहरु माझ सर्बबिधित नै छन् । 

हाल बिभिन्न संस्थाहरुमा आबद्ध रहेर सामाजिक कार्यमा अनवरत रुपमा लागिरहेको छु । स्याङजा सहयोग समाज, दोहा कतार को हाल सांस्कृतिक बिभाग संयोजक, प्रवासि नेपालि समुदाय, दोहा कतार को सचिव तथा गण्डकि प्रदेश समन्वय परिषदको कोषाध्यक्ष जस्तो गरिमामय पदमा रहेर सामाजिक कार्य सफलता पुर्बक सम्पादन गर्दै आएको छु । प्रबासको यस सामाजिक यात्राको क्रममा बिभिन्न क्षेत्रबाट मलाई सहयोग गर्नु हुने कला र संस्कृति प्रेमि सम्पुर्ण कलाकार ज्युहरु, दोहामा स्थापित सम्पुर्ण संघ संस्था प्रती हार्दिक धन्यवाद व्यक्त गर्दै मेरो समाज प्रतिको दायित्व, मैले हासिल गरेको अनुभवलाई सामाजिक अभियान मार्फत निरन्तर कृयाशिल रहि हनका लागि मेरो सचिव पदको उम्मेदवारी लाई स्वीकार गरि मेरो उम्मेदवारिलाई सफल पार्न सहयोग गर्नु हुनेछ भन्ने पुर्ण बिश्वास लिएको छु।

कतारमा स्थापित विभिन्न संघ संस्था संग समन्वय गर्दै यस गरिमामय संस्थालाई श्रमिकमैत्री, सफल र निस्पक्ष बनाउन पहलकदमी लिनुका साथै तमाम श्रमिकहरुको हक हितमा लागि, समाजसेवामा अझ समर्पित रहनका लागि यहाहरुको साथ र सहयोगको अपेक्षा गर्दछु। 

म मजदुरको शक्तिमा विश्वास गर्छु । तपाईंहरू प्रत्येकले हाम्रो संगठनको सफलतामा योगदान दिनुहुन्छ, आफ्नो ऊर्जा, प्रतिभा, र आफ्नो काममा समर्पण खन्याउनुहुन्छ। यो समय हो कि प्रत्येक श्रमजिबिले टेबलमा ल्याउने ठूलो मूल्यलाई चिन्ने र तपाइँको आवाजहरू सुन्ने मात्र होइन तर कार्य पनि गरिएको छ भनेर सुनिश्चित गर्ने समय हो।

तपाइँको उम्मेद्वारको रूपमा म, तपाइँको अधिकारहरू पुर्ण गर्न, तपाइँको सरोकारहरूलाई सम्बोधन गर्न र श्रम जिबिहरूको ब्यक्तित्व विकास र पूर्तिलाई बढावा दिने वातावरण सिर्जना गर्न प्रतिबद्ध रहने छु।

हामी सबै मिलि यस संगठनलाई यस्तो बनाउन सक्छौं जहाँ कामदारहरूको मूल्य होस्, जहाँ उनीहरूको कल्याणलाई प्राथमिकता दिइन्छ र जहाँ उनीहरूको योगदानलाई मनाइन्छ।

आशा छ हामि सबै मिलि एक सभ्य र सुसस्कृत समाजको निर्माणमा जुट्ने छौ र यहाहरूको अमुल्य मतले सचिब पदमा बिजयि गराई मलाई अझ जिम्मेवार, श्रमजिबि र नेपालि समुदायको सम्बृद्धिको लागि सेवा गर्ने अबसर दिनु हुने छ। 

रोशन अर्याल 

सचिब पदको उम्मेदवार

२०२३ – २०२५

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस