२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एनआरएनए अमेरिका २०२३ -२०२५ :अध्यक्षमा डा. बञ्जाडे निर्वाचित

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नेतृत्वका लागि भएको निर्वाचनमा डा. अर्जुन बञ्जाडे अध्यक्षमा निर्वाचित भएका छन् ।जुलाई २२ र 23 (शनिवार र आइतबार) भएको निर्वाचनमा डा. बञ्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन ।

अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो । अर्को उम्मेदवार डिलु पराजुलीले ४ हजार ८ सय ६ मत ल्याएर उपविजेता भए ।

एनआरएनए अमेरिकामा करिव १३ हजार ६ सय ९१ मतदाता थिए । जसमध्य निर्वाचनमा ११ हजार दुइसय ६९ मत खसेको थियो ।

चुनावमा दुई प्यानल बनाएर चुनाव लडेको भए पनि मिश्रीत नतिजा आएको छ । वरिष्ठ उपाध्यक्षमा विकास उप्रेतीले जितेका छन् । उनले ४ हजार ९ सय ४५ हजार मत ल्याए । उनका प्रतिद्वन्दी अञ्जन कुमार चौलागाईले  चारहजार सातसय ३५ मत पाए । उपाध्यक्षमा पनि बञ्जाडे समुहकै बाहुल्यता रहेको छ। प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ र भानु खरेल विजयी भएका छन्। खरेल मात्र पराजुली टिमका हुन्।

महिला उपाध्यक्षमा सुनिता कडेल र युवा उपाध्यक्षमा अनुप खनाल विजयी भएका छन् l

महासचिवमा भने पराजुली समुहका रामहरि अधिकारी विजयी भए, अधिकारीले गोपेन्द्र भट्टराईलाई हराएका हुन्। अधिकारीले ५ हजार एकसय ५७ मत प्राप्त गरेर विजयी हुँदा गोपेन्द्र भट्टराइले ४ हजार चारसय ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भने रोचक प्रतिस्पर्धामा सरोज सिग्देल विजयी भएका छन् । पराजुली समुहका सिग्देलले ४ हजार ६ सय ९४ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी बन्जाडे समुहका शर्माले चारहजार ६ सय ५४ मत पाएका छन् । कोषाध्यक्षमा ४० मतको मात्र अन्तररहेको थियो ।

त्यस्तै सह कोषाध्यक्षमा दिवाकर पाण्डे ४६९१ मत ल्याएर बिजय भए , युवा संयोजकमा तेज पौडेल ( बिनोद ) ४९६६ मत ल्याएर विजय भए उनका प्रतिद्वन्द्वी बिकी थापाले ४५३९ मत प्राप्त गरेका थिए l

महिला संयोजकमा सुनिता खत्री ४८९१ मत ल्याएर बिजय भईन भने प्रतिद्वन्द्वी मुना तिवारीले ४ हजार ५६० मत प्राप्त गरेकी थिइन् l

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस