२०८२ भाद्र २९ गते आइतवार | 2025 September 14th Sunday

कतारमा पहिलो इद फेस्टिवल हुने

दोहा, कतार

कतार टुरिजम (क्यूटी)ले पहिलो पटक ३ दिने इद फेस्टिवल गर्ने भएको छ ।

आगामी मे को ३-५ तारिख सम्म दोहा स्थित कर्नेसमा सार्वजनिक र निजी क्षेत्रको संयुक्त सहभागीतामा फेस्टिवल गरिने भएको हो ।

स्थानीय तथा आगन्तुक पाहुनाहरूले इद उत्सवमा तीन दिनसम्म रोमाञ्चक अनुभवहरूको आनन्द लिन सक्नेछन । फेस्टिवलमा यस क्षेत्रको पहिलो विशाल बेलुन परेड, मार्चिङ ब्यान्डहरू, दैनिक आतिशबाजी, कार्निवल खेलहरू साथै विभिन्न देशका खानाका परिकारका स्टलहरू समेत रहने छन।

कतार पर्यटनका अध्यक्ष तथा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले पर्यटन उद्योगमा ठूलो कठिनाइको अवधि पछि एक नयाँ अध्यायमा प्रवेश गरेको भन्दै जनस्वास्थ्य मन्त्रालयको साथ सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बहुप्रतिष्ठित फिफा विश्वकप कतार-२०२२ को आयोजना गर्नुपुर्व नै पुर्वनिर्धारित पर्यटन गतिविधिहरू सफलता पूर्वक सम्पन्न गर्न सुरु गरेको बताउनुभयो । साथै उहाँले कतारका बासिन्दा र आगन्तुकहरूलाई रमाइलो गर्नका लागि इद उत्सवमा विभिन्न रोमाञ्चक कार्यक्रमहरु समेटिएकोले सबैले मनोरञ्जन प्राप्त गर्नेमा आफू उत्साहित रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस