दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागीसचिवमा तिनै जना गण्डकी प्रदेशबाट निर्वाचित भएका छन् l बिहिबार र सुक्रबार भएको निर्वाचनबाट ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी निर्वाचित भएका हुन् l
निर्वाचित सचिवहरुमा दुई जना ओम बहादुर क्षेत्री (सन्तोष) र सुरज शर्मा अधिकारी पर्वतका हुन् भने एक जना रोशन अर्याल स्याङ्गजाका हुन् l सचिवमा तिन जनाको लागी ६ जनाको उम्बेद्वारी परेको थियो जसमा सबैभन्दा बढी मत स्याङ्गजाका रोशन अर्यालले प्राप्त गरेका थिए l अर्यालले ३३८४ मत प्राप्त गर्दा सन्तोषले ३३२२ र शर्माले ३१७५ मत प्राप्त गरेका थिए l
पराजित हुने हरुमा अग्निधर देबकोटा २३७६ मत एक राज कटुवाल २३७४ मत र गणेश बहादुर कार्की ले २१७५ मत प्राप्त गरेका थिए l
८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा जम्मा ६२.८०% मत खसेको थियो l