२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा विभाजित एनसीसी संग एकता गर्न वार्ता समिति गठन

दोहा-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले विभाजित एनसीसी सँग वार्ता गर्न समिति गठन गरेको छ ।
एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले संस्थाका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

समितिको सदस्यमा संस्थाका द्धितिय उपाध्यक्ष केशव कार्की र तृतिय उपाध्यक्ष संदिप कुमार भट्टराई रहेका छन ।
महाधिवेशन हलबाट पारित संकल्प प्रस्तावको मर्म अनुशार संस्थालाई एक बनाएर अगाडि बढाउने उदेश्य सहित वार्ता समिति गठन गरेको र अर्को समुहसँग छलफल गरेर जति सक्दो छिटो दुवै संस्था एक बनाउने एनसीसी कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिएकाछन ।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले महत्वपुर्ण थुप्रै निर्णयहरु पनि गरेको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस