२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

पर्वत समाज कतारले गर्यो समुन्द्र किनार सफाई

दोहा,

पर्वत समाज कतारले दोहा भन्दा करिब १२५ कि मि टाढा रहेको जिकृत सामुन्दृक किनारमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली समुदाय र पर्वत समाजको अगुवाईमा भएको उक्त कार्यक्रममा करिब ५५ जना नेपाली समुदायबाट र करिब २५ भन्दा माथी अन्य बिदेशी समुदायबाट उपस्थित भएका थिए । उक्त सरसफाई कार्यक्रमबाट ३०० केजि भन्दा बढी फ़ोहोर संकलन गरेर कतारको वातावरण पर्यावरण मन्त्रालयका अधिकारी होसे ससेडो लाई हस्तान्तरण गरिएको छ ।
समाज सेवामा निरन्तर लागिरहेको पर्वत समाज कतारले दोहामा भएका हरेका सामाजिक कार्यक्रममा सहकार्य गर्दै आईरहेको छ ।
प्रत्येक शुक्रबार नेपाली तथा अन्य देशका नागरिकहरु समुन्द्री किनारमा छुट्टी मनाउन जाने र आफुले प्रयोगमा ल्याएका सामानहरु यथा स्थानमा छोडेर हिड्ने बानिले यति धेरै फोहोरहरु भेटिएको समाजका अध्यक्ष रघुनाथ शर्मा बताउछन ।
यहाको वातावरण तथा पर्यावरण मन्त्रालयले विभिन्न देशका सामाजिक सस्थाहरु संग सहकार्य गरि ४०६ औं पटक विभिन्न सार्वजनिक स्थान सरसफाई गरेको जानकारी गराएका छन ।

सहकार्य र समन्वय गर्दा हामी बसेको प्रवासी भुमी पनि प्राकृतिक रुपमा स्वच्छ राख्न सकिने भएको हुनाले हरेक ब्यक्ती ले प्रकृति दुषित हुनबाट जोगाउनु पर्नेमा जोड दिएका छन ।

वातावरण पर्यावरण संरक्षणमा तथा फरक खाले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको प्रवासी नेपाली समुदाय को तर्फबाट प्रतिनिधित्व गरिरहेका अम्बिका पौडेल का अनुसार आगामी दिनमा पनि वातावरण पर्यावरण तथा समाजका कामकाजहरु लाई फरक किसिमले नेपाली समुदायको उपस्थिति उच्च रहने गरी अन्य त्यस्ता कार्यक्रमहरु पनि गरिरहने बताएका छन् जसबाट नेपाली समुदाय र कतार सरकारले गर्ने हरेक सामाजिक काममा अग्रस्थानमा रहोस् भन्ने भावनाअनुरुप आजको कार्यक्रम अत्यन्त सफल रहेको बताएका छन ।
यस भन्दा अगाडि पनि समुदायले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आईरहेको छ

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस