२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

कतारमा तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार, आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम हुदै

दोहा-नेपाली रक्तदाता संघ कतारले जीवन तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्ने भएको छ ।

संघले विशेषज्ञ तथा बरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा “जीवन सुख:निरोग सुख” (तनाव व्यबस्थापन, जीवनशैली र स्वस्थ आहार – आनन्दमय जीवन पद्धतिका प्रमुख आधार बिषेयक कार्यक्रम गर्ने भएको हो।

मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष लाभ लिनको लागि अपनाउनु पर्ने जीवनशैली र ग्रहण गर्ने आहार (भोजन) का बारेमा हुने बिशेष प्रशिक्षणले जीवन उपयोगी ज्ञान प्राप्त हुने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीले बताएका छन।

जीवन उपयोगी ज्ञान प्राप्त हुने बिशेष प्रशिक्षण कार्यक्रममा उपस्थित भई दिन कतारमा स्थापित संघ संस्था प्रमुख, सामाजिक अभियान्ता, पत्रकार, नेपाली रक्तदाता संघका आजिवन सदस्य, साधारण सदस्य,
साथै कतारबासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई अध्यक्ष खत्रीले अनुरोध गरेका छन।

सेप्टेम्बर ८ तारिक शुक्रवारका दिन नज्मा स्थित
सालिमार इस्ताबुल रेस्टुरेन्टमा हुने कार्यक्रम मध्याह्न १२ बजे बाट सुरु हुनेछ।

“रक्तदान जीवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै “स्वस्थ रगत संकलन” कार्यमा सहयोग पुर्‍याउने अभिष्टले स्थापना भएको नेपाली रक्तदाता संघ कतारले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस