२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

दोहामा “रमाइलो तिज कार्यक्रम” सम्पन्न

दोहा,

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारमा बृहत् तीज सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ l नेपाली महिला समाज कतार र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग एवम् दोहा कतारमा स्थापित ५७ वटा विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा रमाइलो तीज तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

समाजकी अध्यक्ष सरिता भन्डारीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एनसिसी कतारका अध्यक्ष रमेश भट्ट,आईसीसी  उपाध्यक्ष आरके शर्मा, मानवअधिकारकर्मी मोहम्मद रमजान अलि मिया, लगायत कतारमा स्थापित आईसीसी, एनसिसीका विभिन्न ओहोदाका पदाधिकारीहरू व्यवसायी, वैचारिक संगठन, प्रदेश समन्वय परिषद समिति जातीय संस्था, विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि पत्रकार कलाकारहरू तथा महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

विधिवत उद्घाटन सहित अघि बढेको कार्यक्रममा एनआरएनए एनसिसी कतारकी महिला संयोजक सुस्मा खतिवडाको स्वागत मन्तव्य सँगै स्थानीय बाल कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।साथै दोहामा अवस्थीत स्थानिय कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुति रहेको थियो ।

सचेतना कार्यक्रम अन्तर्गत कतार सरकार गृह मन्त्रालय सामुदायिक प्रहरी विभाग (कम्युनिटी पुलिस डिपार्टमेन्ट)का भाषा विज्ञ एवं समुदाय संयोजक डाक्टर बहाउद्दीन अहमदले कतारको बदलिदो ट्राफिक नियम र स्थितिका बारेमा सचेत गराउँदै सवारी साधन चलॉउदा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा विश्वराज नेपालले सामाजिक सुरक्षा कोषको बारेमा प्रष्ट पारेका थिए।

एनसिसी अध्यक्ष रमेश भट्टले बोल्दै कर्मभूमि कतारको कानुनको अज्ञानताका कारण सानासाना गल्तीले नेपालीहरू समस्यामा पर्ने देखिएकाले एनसिसी कतारले कतार सरकारले लागू गरेका विभिन्न नियम कानुन सङ्गै प्रवासमा रहेका नेपालीहरूका लागि जानकारी मूलक कार्यक्रम ल्याउने बताए ।

प्रमुख अतिथि कार्यवाहक राजदूत सुवेदीले आफ्नो शुभकामना मन्तव्य बोल्दै आम नेपालीहरुको हक र हितमा आम नेपालीहरूको समुन्नतिमा र कतारमा कार्यरत सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीको साथमा नेपाली राजदूतावास परिवार र आफू सँगै सदैव उभिने बताउँदै कतारमा रहेका सम्पूर्ण आमा, दिदीबहिनी तथा दाजुभाइलाई  तिजको शुभकामना व्यक्त गर्दै हलमा उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति पौडेलले कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सभ्य र भव्य बनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ, एनसिसी महिला विभाग, सह आयोजक सम्पुर्ण संघ-सस्थांलाई धन्यवाद प्रकट गर्दै नारीहरुको महानपर्व हरितालिका तिजको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेकी थिईन । कतारमा स्थापित विभिन्न ५७ वटा संघसंस्था सह-आयोजक रहेको कार्यक्रमलाई समाजकी सचिव सन्ध्या अर्याल र मेनुका खतिवडाले सहजीकरण गरेका थिए

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस