२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

गैरआवासीय नेपाली तारा सिजन ४’ को दोस्रो अडिसनमा फितलो व्यवस्थापनले गर्दा प्रतिष्पर्धीलाई सास्ती

दोहा – गैरआवासीय नेपाली तारा सिजन ४’ को दोस्रो अडिसनमा फितलो व्यवस्थापनले गर्दा प्रतिष्पर्धीले सास्ती बेहोर्नु परेको छ।

कतार च्यारिटीले करीब सय जना अटने हल नि:शुल्क बिहान ९ बजेदेखी २ बजेसम्मका लागी मात्र  उपलव्ध गराएको थियो । निर्धारित समयमा कार्यक्रम शुरु नहुँदा २ बजे सम्म कार्यक्रम नसकिए पछी नज्माको अफगान ब्रोदर रेस्टुरेन्टमा सारिए पछी प्रतिष्पर्धीले सास्ती बेहोर्नु परेको हो।

पहिलो अडिसनमा देखीएका केही कमजोरी भन्दा दोस्रो अडिसनमा झनै बढी फितलो व्यवस्थापन देखीएको छ ।

प्रतिष्पर्धीलाई उपलव्ध गराउने समय पनी कसैलाई ३ मिनेट कसैले २ मिनेटमा सक्न आग्रह गरीएको थियो ।

कतार च्यारीटीको हलमै कार्यक्रम सम्पन्न गर्न कोसीस गरेको आयोजकले कार्यक्रम हुने हलका लागी सुचना पनी ४८ घन्टा पहिले मात्र निकालेको थियो । जवकी यो प्रतियोगीताका बारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलमा प्रत्येक चरणको प्रतिष्पर्धा हुनु भन्दा एकहप्ता पहिले सामाजिर संजाल र फोनमार्फत हलका बारेमा जानकारी दिने प्रतिबद्धता जनाएको थियो ।

कार्यक्रमको दौरानमा पनि यातायात व्यवस्थापन,चिया नास्ता (खाना) संयोजन,कलाकार संयोजन हुन नसक्दा स्वयम एनसिसिका अध्यक्ष र तमु (गुरुङ) समाजका अध्यक्षले सहजीकरण गरिरहेका थिए।

जवकि आयोकजले कार्यक्रम सफलता पूर्वक समापन गर्नका लागी मुल आयोजक र विभिन्न उपसमिति गठन गरेको छ ।

कार्यक्रम पश्चयात नज्माबाट प्रतिष्पर्धी ट्याक्सी चढेर निवास तर्फ लागेका थिए भने एनसिसि कतारका अध्यक्ष रमेश भट्ट आफैले समेत यातायातका लागी सहजिकरण गरीरहेका थिए ।

गैरआवासीय नेपाली सङ्घ  कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’ को तेस्रो अडिसनमा २९ जना प्रतिष्पर्धी प्रवेश गरेका छन।गायनबाट १९ जना र नृत्य बाट १० गरि २९ जना तेस्रो चरणमा प्रवेश गरेका हुन ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस