काठमाडौं । ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा प्रदर्शनकारीहरुको जमातले आगो लगाइदिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
श्रोतका अनुसार ‘गाडीमा आगो लगाएको खबर आए पछि , प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’ प्रदर्शनकारीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त रहेको छ ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार