२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

प्रवासी भुजेल समाज कतारले मनायो उधौली पर्व

दोहा-प्रवासी भुजेल समाज कतारले आफ्नो मौलिक चाड उधौली ( प्हुगाल पारिम ) मनाएको छ ।

शुक्रबार “सुर्य ,वायु,जल,जङ्गल ,जमिनगरि ५ व टा तत्वहरुको पुजा आराधना गरि आफ्नो मौलिक चाड ( प्हुगाल पारिम) समाजले मनाएको हो।

समाजका अध्यक्ष युबराज भुजेल,महासचिव दुर्गा दिप भुजेल, साथै संरक्षक नियम भुजेल,शिव भुजेल,बिनोद भुजेल,बरिस्ठ उपाध्यक्ष प्रभात भुजेल,बागमती प्रदेश संम्योजक रोज भुजेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

आन्तरिक रुपमा मनाईयको चाड उधौली ( प्हुगाल पारिम ) पर्वमा समाज संग जोडिएर  सहभागि  हुने  सम्पूर्ण मा आभार व्यक्त गरियको थियो।

“भुजेल जातीको विकाश र उन्नतिको आधार साँस्कृतिक चेतना शिक्षा र रोजगार ” भन्ने मुल नाराका सन : २०१० मा स्थापना गरिएको समाज कतार आफ्नो भाषा, धर्म, संस्कृती लाई प्रवास कतारमा रहेर पनि जोगाउदै , संरक्षण तथा प्रबर्द्धन गरि रहेको छ ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस