२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एसियन कपमा आज तिन खेल हुदै

दोहा-एसियन कप फुटबलमा आज तिन खेल हुदैछ।कतारमा शुक्रबारदेखि सुरु भएको एएफसी एसियन कपमा आज तिन खेल हुने भएको हो।

पहिलो खेल २:३० बजे समूह ‘बि’ मा रहेको अष्ट्रेलिया र भारतबीच हुनेछ।खेल अहमद बिन अलि रंगशालामा हुनेछ।

समूह ‘ए’ को खेलमा ५:३० बजे चीन र ताजिकिस्तान भिड्ने छन् ।खेल अब्दुल्ला बिन खलिफा रंगशालामा हुनेछ।

८:३० बजे समूह ‘बि’ मा रहेका सिरिया र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।खेल जसिम बिन अहमद रंगशालामा हुनेछ ।

यसैबीच कतारले एएफसी एसियन कपमा विजयी सुरुवात गरेको छ ।लुसेल रंगशालामा सम्पन्न खेलमा आयोजक समेत रहेको कतारले शुक्रबार लेबनानलाई ३-० हराउँदै विजयी सुरुवात गरेको हो ।

कतारका लागि अक्रम अफिफले २ र अर्को गोल अल्माेएज अलिले गरेका थिए  ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस